
भाषामा यार हुँदै गयो, सम्बन्धमा प्यार हुँदै गयो
मुटुहरुको मिलन रेखा संघर्षको आधार हुँदै गयो ।
यही आदर्शवाद गन्तव्यको खोजी क्रम सँगसँगै
शब्द र शब्दार्थ भेट्यो व्यक्ति गजलकार हुँदै गयो ।

रहरहरु बढ्दै गए,अनि क्षणहरु रहस्यात्मक बने
जब प्रत्येक वचनमा छुराको बिम्ब प्रहार हुँदै गयो ।
सिफारिस

हराएर गए ती कल्पनाका, रंगीन थोपा थोपाहरु
हृदयमा पीडा र मनमा आशाको बजार हुँदै गयो ।
शान्तिको दूत भनेर मैले परेवा उडाएको थिएँ
जन्मिएर द्वन्दीहरु आपसमा काटामार हुँदै गयो ।
Ramesh Singh Bhandariari “आँशु”
