सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ४ को बजुवा बगरमा सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८÷२० बर्षकी किशोरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने हुन सकेको छैन् ।

धनगढीबाट बझाङका लागि छुटेको ट्रकले सोमार बिहान मोटरसाइकलाई ठक्कर दिएको बुझिएको छ । घटनास्थलमा प्रहरीले पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।

मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.