Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाटन नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५ सय बढीले सेवा लिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिकाले नसर्ने रोगहरुको चेकजाँचका लागि विभिन्न वडामा गएको हप्ता सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५ सय बढी नागरिकले सेवा लिएका छन् । नगरपालिकाको वडा नं ८, ९ र १० मा सञ्चालन गरिएको शिविरमा ५ सय ४४ जनाले सेवा लिएका पाटन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मदनसिंह महराले बताए ।

नगरपालिकाको वडामा रहेका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको महराले बताएका । नगरपालिकाका अन्य वडामा पनि शिविर सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

वडा नं ८ मा सञ्चालन गरिएको शिविरमा २२५ जना, वडा नं ९ मा सञ्चालन गरिएको शिविरमा १७५ र वडा नं १० मा सञ्चालन गरिएको शिविरमा १४४ जनाले सेवा लिएका थिए ।

वडाबासीहरुलाई उनीहरुकै घरदैलोमा रहेको स्वास्थ्यसंस्थाबाट बिशेषज्ञ सेवा उपलब्ध गराउन शिविरले सहयोग पुगेको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने ‘ शिविर मार्फत वडाबासीहरुले स्वास्थ्य सेवा पाएका छन् । यसले नागरिकलाई सजिलो भएको छ ।’

वडामै शिविर सञ्चालन हुँदा वडाबासी खुसी भएका पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवरले बताए । उनले भने ‘वडामै शिविर सञ्चालन हुँदा वडाबासीले स्वास्थ्य लिन पाएका छन् । यसले नागरिकलाई खुसी तुल्याएको छ ।’

विभिन्न कारणले बिशेषज्ञ सेवा लिन नपाएका नागरिकहरुले वडामा सञ्चालन भएको शिविरबाट सेवा लिन पाएको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले बताए ।

शिविरमा बाल रोग सेवा, मधुमेहको चेकजाँच, दम तथा फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच, उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगहरुको चेकजाँच, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको परीक्षण, पाठेघर खसेका महिलाहरुको चेकजाँच लगायतका सेवाहरु प्रदान गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

यसअघि नगरपालिकाको वडा नं १, ५ र ६ मा शिविर सञ्चालन गरिएको थियो । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व