Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको खोड्पेमा कोल्डस्टोर निर्माण शुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २२, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडी –बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा कोल्डस्टोर (शीतभण्डार गृह) निर्माण कार्य शुरु भएको छ छ । धारीगाउँको बेताडासैना भन्ने स्थानमा कोल्डस्टोर निर्माण कार्य शुरु भएको हो ।

३ करोड ९७ लाखमा निर्माण हुने कोल्डस्टोरका लागि यो बर्ष भवन निर्माणको काम शुरु भएको पाटन नयाँ शहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताए । यो बर्ष ८६ लाखको लागतमा भवन निर्माणका लागि ठेक्का भएको र भवन निर्माणको काम शुरु भएको उनले बताए । कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको हो ।

यो बर्ष भवन बनेपछि अन्य संरचनाका लागि अर्को बर्ष बजेट आउने सूचना अधिकारी भण्डारीले बताए । खोड्पेमा बन्न लागेको कोल्डस्टोरले यो क्षेत्रका किसानहरुलाई फाइदा पुग्ने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने ‘कोल्डस्टोर बनेपछि यो क्षेत्रका किसानहरुलाई फाइदा पुग्छ । कोल्डस्टोरमा राख्नका लागि तरकारी लगायत अन्य उत्पादनहरु अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ ।’

जिल्लाको पाटन नगरपालिका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रुपमा समेत लिइएको छ । आलु उत्पादनका लागि यो पकेट क्षेत्र भएकाले कोल्डस्टोर निर्माण भएपछि यहाँका किसानहरुलाई फाइदा पुग्ने वडा अध्यक्ष बिष्टले बताए । उनले भने ‘खोड्पे आलु उत्पादनका लागि पनि पकेट क्षेत्र हो । यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेको थियो । कोल्डस्टोर निर्माण भएपछि यो समस्या समाधान हुने आसा गरेका छौं ।’

कोल्डस्टोरको अभावमा अहिले त्यहाँका किसानहरुले डडेल्धुरा लगेर आलु भण्डारण गर्नुपर्ने अवस्था रहेको छ । जिल्लामा शीतभण्डार गृह नहुँदा अन्यत्र हजारौं रुपैैंया तिरेर भण्डारण गर्नुपर्ने बाध्यता रहेको पाटन नगरपालिका ९ का मोहन बिजलेले बताए । कोल्डस्टोर निर्माण कार्य शुरु भएको सुन्दा खुसी लागेको उनले बताए ।

यो भन्दा पहिला पनि खोड्पे बजारमा कोल्ड स्टोर निर्माण भएको थियो । कम भण्डारण क्षमताको कोल्डस्टोर बनेको भएपनि सञ्चालनमा भने आउन सकेको छैन् । कृषि ज्ञान केन्द्र मार्फत प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण भएको कोल्डस्टोर अहिले सम्म सञ्चालन आउन नसकेको स्थानीयहरुले बताएका छन् । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व