सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा घरमै नागरिकता वितरण

दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरमै नागरिकता वितरण गर्ने कार्यलाई जारी राखेको छ । विभिन्न कारणले जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्ने नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Sana Kishan

बिहीबार महाकाली नगरपालिका ३ बाँझकी ५८ बर्षीया ऐतादेवी महरलाई घरमै नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । अपांगता भएकी महर जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्ने भएकाले उनलाई घरमै नागरिकता प्रदान गरिएको हो ।

यसअघि पनि विभिन्न स्थानमा पुगेर अपांगता भएका, जेष्ठ नागरिक तथा समस्यामा परेका नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.