Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तपाईंको तौल उमेरअनुसार कति हुनुपर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ माघ ११, बुधबार १८:५१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला गर्भवती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा हप्ता अनुसार कति बिकास भईरहेको छ हेर्ने गरिन्छ, जब बच्चा जन्मन्छ तब पनि बच्चा कति महिनामा कति तौलको भयो र तौल अनुसार कति स्वस्थ छ भन्नेबारे विश्लेषण गरिन्छ ।

बिशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा सारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।कुन उमेरका मानिसको तौल औशत कति हुँदा राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ । जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो ।

२. यदी ३ देखि ५ महिनाको बच्चा हो भने उसको औशत तौल छोरा हो भने ६ केजीभन्दा बढी वा छोरा हो भने ५.४ केजीसम्म हुनुपर्छ ।

३. यदी ६ देखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ ।

४. अब बच्चा ९ देखि ११ महिनाको पुगेको छ भने उसको औशत तौल ८.६ केजी भन्दा बढी हुनुपर्छ, छोरा हो भने ९ केजी भन्दा बढीको हुनुपर्छ ।

५. १ बर्षदेखि माथि २ बर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औशत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ । यो उमेरमा बच्चा धेरै चल्ने सारीरिक रुपमा हिड्न कोसिस गर्ने, दांत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ । तौल १० देखि १२ केजीसम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

६. यदी बच्चा २ बर्ष पुगेको छ भने अब उसको तौल कम्तिमा छोरा भए १२.३ केजी भन्दा बढी र छोरी भए ११.८ केजी भन्दा बढी हुनुपर्छ । २ बर्षदेखि ३ बर्षको बच्चाको औशत तौल १२ देखि १४.५ केजीसम्मको हुनुपर्छ ।

७. यदी ३ बर्षदेखि ४ बर्ष उमेरमा हो भने छोराको तौल १४.६ केजी र छोरीको तौल १४.१ केजी भन्दा माथि हुनुपर्छ ।

८. यदी बालक ४ बर्ष पुगेको हो भने उसको तौल छोरा भए १६.७ केजी र छोरी भएमा १६ केजी हुनुपर्छ ।

९. अब बालक ५ बर्षको छ भने उसको उमेर औशतमा १८ केजीको वारपार हुनुपर्छ, एकिन भन्ने हो भने छोरा भएमा १८.७ केजी र छोरी भए १७.७ केजीसम्मको हुनुपर्छ ।

१०. यदी बालक ६ बर्ष देखि ८ बर्षको बीचमा छ भने उसको उमेर २० बर्षदेखि २५ केजीको हुनुपर्छ । उमेरको कुरा गर्दा ६ बर्षको बच्चाको औशत तौल २०.५ केजी छ भने ७ बर्षको हुँदा २२.९ र ८ बर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजी देखि १ केजीजति कम हुन सक्छ ।

११. यदी ९ बर्षको छोरा हो भने २८.१ केजीसम्मको तौल हुनुपर्छ भने छोरी हो २८.५ केजीसम्मको हुनुपर्छ ।

१२. अब छोरा १० बर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको सारीरिक वृद्धि बिकास छोरीको भन्दा तिब्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

१३.छोरा ११ बर्षको छ भने उसको उमेर ३२.२ केजी छ भने छोरीको औशत तौल २२.७ केजी हुनुपर्छ ।

१४. अब छोरा १२ बर्षको छ भने उसको उमेर ३७ केजी र छोरीको तौल ३८.७ केजी अर्थात छोराको भन्दा झन्डै २ केजी बढी तौल हुन्छ ।

१५. यदी १३ बर्षको छोरा छ भने उसको तौल ४०.९ केजी हुनुपर्छ भने छोरीको तौल त्यसै बर्षको उमेरमा छोराको भन्दा झन्डै ४ केजी बढी अर्थात ४४ केजी हुनुपर्छ ।

१६. जब छोराको उमेर १४ बर्षको हुन्छ तब फेरी छोराको सारीरिक वृद्धि÷बिकास तिब्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

१७. अब १६ बर्षे जवानी सुरु हुन्छ तब सारीरिक रुपमा छोरा–छोरी दुवैको औशत स्वस्थ सरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ । छोरा सारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ बर्षको उमेरमा ह्वात्तै बढ्छ । छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

१८. जब १७ बर्षको उमेर हुन्छ तब छोराको मात्र सारिरिक बिकास बढ्छ भने छोरीको स्थिर हुन्छ । यस उमेरमा छोरा मान्छेको औशत तौल ६२ केजी हुँदा छोरीको औशत तौल स्थिर अर्थात ५४ को आसपास हुन्छ ।१९. अब छोरा मान्छेको उमेर १८ बर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औषत तौल स्थिर नै रहन्छ ।

यहाँ हामीले १८ बर्षसम्मको उमेरमा हुने औशत तौल बारे जानकारी दियौं । नेपालीहरुको १८ बर्षदेखि माथि ४० बर्षसम्मको औशत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थनै मानिन्छ ।कसैको सारीरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र ब्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ

युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा बिबिध कारण सारीरिक रुपमा स्वस्थ हुनसक्छ तर यही उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मद्ध्पान, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको लापरवाही बिभिन्न रोगको रुपमा ४० बर्ष काटेपछि देखिन सक्छ ।

४० बर्षदेखि ६० बर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमश घट्दै जान्छ । बुढेसकालमा पनि नियमित ब्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेर अनुसार रोगसँग लड्ने शक्ति र सारीरिक शक्तिमा समेत ह्रास आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जान्छ ।

 

(पत्रपत्रिकाबाट)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ११, बुधबार १८:५१
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ माघ ११, बुधबार १८:५१
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०७९ माघ ११, बुधबार १८:५१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ माघ ११, बुधबार १८:५१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ माघ ११, बुधबार १८:५१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ११, बुधबार १८:५१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ माघ ११, बुधबार १८:५१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ माघ ११, बुधबार १८:५१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ माघ ११, बुधबार १८:५१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व