सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यतिबेला म खतरामा छु ….

83
Sana Kishan
यतिबेला म खतरामा छु
कसैले आँटमा जीवन खोजे
अँगाले पसिना हराए परिश्रममा
Arus
कसैले खाटमा जीवन खोजे
अँगाले निन्द्रा हराए सपनामा
कसैले घाटमा जीवन खोजे
अँगाले आगो हराए आकाशमा
एउटा म छु
आँट र घाटको बीचमा
Karnali Traders
सायद खोजिरहेको केही
वा
सायद बोकिरहेको केही
जस्तो कि म
खाटमा पनि छु र छैन आराममा
सुतेको पनि छु र छैन निन्द्रामा
हराएको पनि छु र छैन सपनामा
कतै भएर पनि नहुनु भन्दा
खतरनाक हुँदोरहेछ
कतै नभएर पनि हुनु
यतिबेला म खतरामा छु।
【 शंका 】
प्रचण्ड भाष्कर
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.