हाँसेर बोल तिमिले हाँसेर बस
मिलनको यो समयमा मन खुसी रहोस्
धेरै समयको भेट हो यो फेरि पनि भेटौला
समयले साथ दिए तिम्रो घर सम्म पुगौला
जता गए पनि तिम्रो झझल्को आउँछ
भेट हाम्रो हुदा यो मनको ढोका खुल्छ
हिँडेर जादैछु म तिम्रो समीपमा पुग्नलाई
मन बुझाउन सकूँ तिम्रो साथ प्यारो लाग्छ मलाई
भगवान् सँग प्रार्थना गरी वरदान माग्दछु
तिम्रो भर परि यो बाटोमा हिँडेको छु
मनको यो कुनामा तिमि बसेकी छौ
शीतल हावा चल्यो अहिले मन रमाएकी छौ
बोलाउँदै छु मैले तिमिलाई नामले
अलिकति हास प्रिय खुसी मनले









Discussion about this post