सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा हर्न बजाउने सवारीलाई ५ सय जरीवाना

बैतडीको गोठलापानी बजारमा हर्न बजाउने सवारीसाधन कारवाहीमा परेका छन् । गत पौष देखि जिल्लाको गोठलापानी बजार हर्न निषेध गरिएको थियो । हर्न निषेध पश्चात बजार क्षेत्रमा हर्न बजाएको पाइएपछि सवारीसाधन कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले जानकारी दिए ।

उनका अनुसार बजार क्षेत्रमा हर्न बजाउने चार ओटा सवारीसाधनका हर्न निकालिएका छन् । यस्तै ४ ओटा सवारीसाधनलाई कारवाही गरेर जारीवान अशुल गरिएको छ भने ११ सवारीसाधनलाई सम्झाबुझाइ गरि छोडिएको हो ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको निर्देशन अनुसार ४ ओटा लामो दुरीका सवारीसाधनको प्रेशर हर्न निकालिएको ट्राफिक प्रमुख नाथले बताए ।

Sana Kishan

यस्तै जिल्लाको गोठलापानी बजारमा हर्न बजाउने ११ओटा सवारीसाधनलाई पहिलोपटक सम्झाइबुझाइ गरेर छोडिएको र दोस्रोपटक पनि बजाएको पाइएपछि ४ ओटा सवारीसाधनबाट ५÷५ सय जरीवाना काटिएको उनले बताए । बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने उद्देश्यले हर्न निषेध गर्ने निर्णय गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

जिल्ला प्रशासन कार्यालय बैतडीमा सर्वपक्षीय छलफलबाट भएको उक्त निर्णयको अहिले कार्यान्वयन भइरहेको छ । बजारमा सवारीसाधनले आक्कलझुक्कल हर्न बजाए पनि सम्झाइबुझाइ गर्ने गरेकाले सबै सचेत हुँदै गएका ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dirghayu Ads

यस्तै बजार क्षेत्रमा अब हर्न निषेधितक्षेत्र लेखिएको बोर्डहरु लगाउने तयारी भएको बताइएको छ । केहि दिनमै बजारमा बोर्ड लगाइने ट्राफिक प्रमुख नाथले बताएका छन् । अगामिदिनमा पनि जथाभावी हर्न बजाएर गुड्ने गाडीलाई निणन्त्रणमा लिएर कारवाही गर्ने ट्राफिक प्रहरीले बताएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.