सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भानुभक्तले लेखेको संसारै रुवाउने “पोखरा जहाज दुर्घटना” गित बजारमा – भिडियो सहित

उक्त गित वरिष्ठ देउडा गायक भोजराज भट्टको सुमधुर स्वरमा सजिएको छ।

महेन्द्रनगर- पछिल्लो समयमा लोक तथा डेउडा गितमा लय/शब्द कोरेर चर्चा बटुल्दै आएका चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द सिर्जनामा  पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि जहाज दुर्घटना गीत सार्वजनिक भएको  छ ।

जसमा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द तथा वरिष्ठ देउडा गायक भोजराज भट्टको सुमधुर रहेको छ ।

 

World Link Ads
Mahakali Polytechnic

हावामा उडेर गयो, तस्बिर मात्रै बाँकि रह्या, जहाज भित्रै काल पनि बसेको रहेछ भन्ने मन रुवाउने शब्द गायक भानुभक्तले समावेश गरेका छन् । ७२ जनाको ज्यान जानेगरि भएको उक्त जहाज आन्तरिक तर्फको ठुलो दुर्घटना हो । सोहि विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा उक्त गीत तयार पारिएको हो ।

Dirghayu Ads
Sana Kishan

देउडा भाकामा तयार पारिएको उक्त गीत ठाडी लयमा तयार पारिएको छ । भुवन बडूले एरेन्ज गरेको उक्त गितलाई जीवन बडूले मिक्सिङ गरेका छन् । बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको जहाज दुर्घटना गीत सुनेर भावुक नहुने कमै होलान् । सेतीमा खोजमा रगतको झोल भयो, संसार नै रुवाएर गयौ दैव, एकै चिता यति जना लगायतका मनै छुने भावुक शब्द समावेश गरिएका छन् ।

भोजराज भट्टको आधिकारि युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत छोटो समयमा धेरैले रुचाएका छन् ।

भिडियो हेर्नुहोस् :  https://youtu.be/w-lQYKsD7GA

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.