Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। उद्योग विभागका अनुसार पछिल्लो समय अन्य क्षेत्रको तुलनामा सूचना प्रविधिमा विदेशी लगानीको प्रतिबद्धता उल्लेख्य रूपमा बढेको हो।

आर्थिक वर्ष २०८२/८३ मा नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने १ हजार ११६ परियोजनाका लागि ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।

त्यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ परियोजना रहेका छन्। परियोजनाको सङ्ख्याका आधारमा सूचना प्रविधि क्षेत्र अन्य सबै क्षेत्रभन्दा अगाडि देखिएको छ।

उक्त अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलक क्षेत्रमा चार, कृषिमूलक क्षेत्रमा १८, पर्यटन क्षेत्रमा २२७, खनिज क्षेत्रमा चार, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

नेपालमा दक्ष जनशक्तिको उपलब्धता, सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार र तुलनात्मक रूपमा कम पूर्वाधारमै व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताइएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। अघिल्लो वर्षको तुलनामा कुल लगानी प्रतिबद्धताको रकम केही घटे पनि परियोजनाको सङ्ख्या भने उल्लेख्य रूपमा बढेको देखिन्छ।

उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व, लगानी सुरक्षाको वातावरण र सरल नीतिगत व्यवस्थाप्रति विदेशी लगानीकर्ताको विश्वास बढ्दै गएको छ। यसले आगामी दिनमा सूचना प्रविधिसहित विभिन्न क्षेत्रमा विदेशी लगानी विस्तार हुने सम्भावना देखाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो
पूर्वाधार विकास

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले
फ्ल्यास हेडिङ

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने
फ्ल्यास हेडिङ

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

भदौ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

भदौ २६, २०८३
आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

भदौ २६, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व