धरौटी छन् सपना लिलामी इमान पाइन्छ
बुझ्नै सकेन जिन्दगीको के निदान पाइन्छ
खुसी छु, यस्तो अभावमा पनि चलेको छ
नत्र कसको जिन्दगीको के ठेगान पाइन्छ
जीवन हो सवाल हुन्छन् बाच्नै जटिल धेरै
जटिलता कति छन् के नै समाधान पाइन्छ
धन्य छौ तिमी बाच्ने चिनिने प्रयत्नमा छौ
मर्नुपर्छ यो देशमा बल्ल पहिचान पाइन्छ
श्रमिकले दुई छाक खान पाउदैन देशमा
न बस्न घर पाइन्छ न मर्न मसान पाइन्छ









Discussion about this post