
आजकल कहाँ मान्छेहरू प्यार सम्झन्छन्
आफ्नी प्रेमिका पनि बलात्कार सम्झन्छन्
आफूले सोचेको मात्रै हुदैन संसारमा प्रिय्
तिमीले प्रेमी ठान्छौ अरुले जार सम्झन्छन्


सबैको आफ्नै नजर हुन्छ देश दुनियाँ हेर्ने
कसैले धर्म भन्छन् कसैले संहार सम्झन्छन्
आफू सिन्का भाँच्दैन उभिएर साहारा लिइ
प्राप्त होस् मलाई नै सारा संसार सम्झन्छन्
जसले पहिले बिर्सेका हुन्छन् भित्र मनबाट
उहीँ मान्छेहरू शब्दमा बारम्बार सम्झन्छन्
