कहिले नजानी कहिले जानीजानी बनाए
सपनाहरू पोलेर आगोमा खरानी बनाए
कति सपना त हिट्दा हिट्दै छुटे सफरमा
कति आफूसँगै बोकेर हिँडे निसानी बनाए
आफ्नै प्रेमको हत्या गरे हत्यारा कहलिए
आफै साक्षी बने आफैलाई जमानी बनाए
तिमीले बस्ती बसाउन मन भए आए भो
भएको यो एउटा मुटु पनि ऐलानी बनाए
आफू अनुकुल प्रयोग गरे दुनियाँले मलाई
कतिले ठेकी बनाए, कतिले मदानी बनाए









Discussion about this post