सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता : दनपा फाइनलमा प्रवेश

1,502
Sana Kishan

बैतडी जारी तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगितामा दनपा फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिगासलाई पराजित गर्दै दनपा फाइनलमा प्रवेश गरेको हो । सिगास र दनपाबीच दुई दुई ओटा खेल भएका र पाचौं खेलमा विवाद भएपछि सिगासलाई अनुशासनको कारवाही गरिएको भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए । यसपछि दनपा फाइनलमा प्रवेश गरेको उनले बताए ।

यस्तै फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनका लागि भोलि बिहान मेलौली र पाटन नगरपालिकाबीच खेल हुने बताइएको छ । सो खेलबाट जित्ने टोलीले उपाधिका लागि दनपासंग भिड्नेछ ।

Arus
Karnali Traders

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।

आज प्रतियोगिताको फाइनल हुने भनिएपछि खेल नसकिँदा भोलि फाइनल खेल हुने बताइएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.