सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उसले श्रीमती सांसद बनायो ।

सम्झौता गरे जीवनसँग र एक करार बनाए
सिमाना छुट्याए अनि सुरक्षा घेरबार बनाए
यो जीवन स्वयं बाँच्न पाउनुपर्छ भन्दै बोले
परिश्रम गरे निरन्तर चाहिने औजार बनाए
बग्दै जाँदा नदीसंग कयौं पटक ठोकिए म
कतै मझधार बने स्वयं कतै किनार बनाए
आफैले आफैलाई सोधे तिमीले के बनायौ
प्रश्नको जवाफमा बसेर नयाँ विचार बनाए
सुकिलाहरूको बस्तीमा मजदुरले छिरेपछि
आफै मजदुर चम्कने भए र सरकार बनाए
उसले श्रीमती सांसद बनायो के पो बिरायो
यसरी नै कयौंले आफ्नो घर परिवार बनाए

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.