सम्झौता गरे जीवनसँग र एक करार बनाए
सिमाना छुट्याए अनि सुरक्षा घेरबार बनाए
यो जीवन स्वयं बाँच्न पाउनुपर्छ भन्दै बोले
परिश्रम गरे निरन्तर चाहिने औजार बनाए
बग्दै जाँदा नदीसंग कयौं पटक ठोकिए म
कतै मझधार बने स्वयं कतै किनार बनाए
आफैले आफैलाई सोधे तिमीले के बनायौ
प्रश्नको जवाफमा बसेर नयाँ विचार बनाए
सुकिलाहरूको बस्तीमा मजदुरले छिरेपछि
आफै मजदुर चम्कने भए र सरकार बनाए
उसले श्रीमती सांसद बनायो के पो बिरायो
यसरी नै कयौंले आफ्नो घर परिवार बनाए
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post