सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा आयो

भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ’नमस्ते मेयर जनगुनासो सुनवाइ’सेवा सञ्चालनमा ल्याइएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको हो ।

धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरे ।

यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए ।

Mahakali Polytechnic

उनका अनुसार उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्स एप मार्फत पनि गुनासा तथा सुझावहरु टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

World Link Ads

गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ । जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ ।

Sana Kishan

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका मेयर गोपाल हमालले धनगढीलाई भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचार मुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताएका छन् ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा सकभर छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्नुभन्दा पहिले धनगढी चौराहदेखि उपमहानगरपालिका परिसरसम्म भ्रष्टाचारविरुद्ध ¥याली समेत निकालिएको थियो । प्रमोद पन्तले गोदावरी न्युजमा लेखेका छन्।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.