Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कैलालीका स्थानीय तहलाई कानून तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न सञ्चालित तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १८, २०८०
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

गणेश एसके, कञ्चनपुर – कैलाली जिल्लाका स्थानीय तहहरुलाई कानुन तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ । सुदूरपश्चमि प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढी, कैलाली र संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ संयुक्त आयोजनामा स्थानीय तहहरुलाई दिइएको हो ।

महेन्द्रनगरमा आयोजित सो कार्यक्रम चैत १६ देखि १८ सम्म गरी ३ दिन संचालित गरिएको थियो । कैलालीका १३ वटा स्थानीय तहमा ४१ जना सहभागी थिए । कैलालीका स्थानीय तहहरु धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, चुरे गाउँपालिका, जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका तथा मोहन्याल गाउँपालिकाका विधायन समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत, कानून अधिकृत र योजना अधिकृतहरु तालिममा उपस्थित भएको जनाइएको छ ।

सुदूरपश्चामि प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगा बहादुर खरेलको अध्यक्षतामा उदघाटन भएको उक्त तालिममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विशिष्ठ अतिथि सुदुरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशी अतिथिमा युएनडिपि नेपाल पोर्टफोलियो मेनेजर थी टेक टमटा लगायत मन्त्रालयका सचिवहरु सहभागी थिए ।कार्यक्रमको सञ्चालन युएनडिपीका सुदुरपश्चिम प्रदेश लिगल एड आउटरिच अफिसर भुवन राज चटौतले गरेका थिए ।

तालिममा विषेशगरी कानूनको आबस्यकता , महत्व र कानून तर्जुमा आधारभूत सिद्धान्तहरू , स्थानीय कानून तर्जुमा , कानूनको संरचना र सुधार गर्नुपर्ने कुराहरू, विधेयकको मस्यौदा तर्जुमा प्रक्रिया,संरचना तथा विधेयक तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु, गाउँ तथा नगर सभाले बनाएका ऐनहरुको अभिलेख राख्ने , राजपत्रमा प्रकाशित गर्ने विधि – ढाँचा , कानूनको संशोधनका प्रक्रिया , नीति कानून निर्माणमा मानव अधिकार आधारित दृष्टिकोण सम्बन्धमा प्रशिक्षित गरिएको सुदुरपश्चिम प्रदेश मुख्यमंत्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव गंगा बहादुर खरेलले बताए ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारबाट उपसचिव जंग बहादुर डाँगी र शाखा अधिकृत ज्ञानेन्द्र महतो , सुदुरपश्चिम प्रदेश मुख्यमंत्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव गंगा बहादुर खरेल , आन्तरिक मामिला तथा कानून मन्त्रालय उपसचिव कृष्ण प्रसाद नेपाल, सुदुरपश्चिम प्रदेश सभा सचिवालय उपसचिव तेज प्रसाद जोशी लगायतले तालिममा प्रशिक्षकको रूपमा सहजीकरण गरेका हुन् ।

कानून तर्जुमा सम्बन्धी ज्ञान क्षमता अभिवृद्धि , संघ ,प्रदेश तथा स्थानीय तहबीच समन्वय स्थापित गर्नु , स्थानीय तहमा कानून निर्माणमा देखिएका जटिलता समाधान गर्न र संविधान प्रदत्त तिनै सरकार बीच एकल तथा साझा अधिकारको सम्बन्धमा सहकार्य र सहअस्तित्वको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको युएनडिपीका सुदुरपश्चिम प्रदेश लिगल एड आउटरिच अफिसर भुवन राज चटौतले बताए । आज कार्यक्रमको समापन भएको चटौतले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व