Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रादेशिक महोत्सवको सांसद बलायर द्वारा उद्घाटन 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केशव थापा, कैलाली । कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच संघीय सांसद तथा पूर्व मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरेका छन । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको आठौं संस्करणको महोत्सव अत्तरियाको लामिताल परिसरमा जारी रहेको छ ।

महोत्सव अघि विभिन्न सङ्घसंस्थाको सहभागीमा अत्तरिया बजारमा र्याली निकालिएको थियो । आयोजक अत्तरिया उद्योग वाणिज्य संघले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै आजदेखि लाग्ने महोत्सवको तयारी पुरा भएको जनाएको हो । अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव लाग्ने भएको छ । महोत्सवको आज दिउँसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री वीर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।

उनले आज बिहान ११ बजे महोत्सव स्थलबाट झाँकी सहितको रयाली अत्तरिया बजारमा परिक्रमा गरी पुनः महोत्सव स्थलमा फर्किने र दिउँसो १ बजे महोत्सवको उद्घाटन हुने बताए । महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् स्थानीय चर्चित कलाकारहरूको बेजोड प्रस्तुति, थारू सँस्कृति तथा परिकार सहितको मिनी महोत्सव (थारु गाँउ), लामितालमा डुङ्गाको व्यवस्था, चर्खा, बिभिन्न खाले बाल उद्यान सहितका रमाइलो मेलाहरू रहेको अध्यक्ष बोहराले बताएका छन् ।

महोत्सवमा १५० ओटा बिभिन्न खाले स्टलहरू रहेका छन । महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तु सँगै कृषि प्रदर्शनी समेत गरिने भएको छ । आजदेखि शुरु भई माघ ७ गते सम्म सञ्चालन हुने महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको आयोजकले बताएको छ । महोत्सवलाई सबैले सभ्य र भव्य रुपमा सफल पारिदिन अध्यक्ष बोहराले आग्रह गरेका छन् । महोत्सवमा विद्यार्थीहरूलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ तोकिएको छ भने अपांगता भएका व्यक्तिहरूको परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ । आयोजकले प्रति टिकटको एक रुपैयाँ ब्लड बैंक स्थापनाको लागि रेडक्रसलाई सहयोग गर्ने जनाएको छ ।

यस्तै महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । जसमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी समुहलाई ११ हजार ११, द्वितीय हुनेलाई ६ हजार १११ र तृतीय हुनेलाई ४ हजार १११ रुपैयाँ दिइने जनाइएको छ । महोत्सवमा प्रस्तुत गरिने स्थानीय नृत्यको पनि उचित पारिश्रमिक दिइने महासचिव खड्काले बताए । उनले महोत्सवमा नृत्य प्रस्तुत गर्नको लागि ६ वटा क्लबसँग सम्झौता गरिएको बताए । महोत्सव सभ्य र भव्य रुपमा सफल पार्न सुदूरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकीय क्षेत्रलाई समेटिने संघका निवर्तमान अध्यक्ष अशोक देवकोटाले बताए ।

उनले यस क्षेत्रको कला संस्कृतिको प्रचारप्रसार गर्ने गरी महोत्सव सञ्चालन गर्न लागिएको बताए । सुदूरपश्चिमको कृषि तथा पर्यटन व्यवसायलाई उजागर गर्न तथा यहाँको ब्यापार व्यवसायलाई थप व्यवसायिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाई रहेको छ । ८० लाख लगानीमा सञ्चालन हुनलागेको महोत्सवमा करिब दुई लाख दर्शकहरूले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन हुँदैछ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

चैत्र २, २०८२
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
कैलाली

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

मंसिर ११, २०८२
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

भदौ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व