सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा भीरबाट लडेर दुई जनाको ज्यान गयो

295
Sana Kishan

दार्चुला – दार्चुलाको अलग अलग स्थानमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा परेका थिए ।

Arus
Karnali Traders

यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर ज्यान गएको छ ।

हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको प्रहरीको भनाई छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.