सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको सीमा क्षेत्रमा तनावः पुल बन्द,चार नेपाली घाइते

भारतसंग सीमा जोडिएको दार्चुलाको सीमा नाकामा तनाव उत्पन्न भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको छ ।

भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार जना नेपाली घाइते भएका छन् । नेपालतिरबाट पनि ढुंगा प्रहार भएको छ । तर त्यसको विवरण आउन बाँकी रहेको छ ।

Sana Kishan

सीमा नाकामा तनाव भएपछि त्यसको विरोधमा पुलमा आवतजावत बन्द गरिएको छ । आइतबार दिउँसोतिरको घटना भएको र थप बुझ्नका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

World Link Ads
Mahakali Polytechnic

ढुंगा हानाहानको बिषयमा खुली नसेकको उनले बताए । अहिले पुल भएको ठाउँमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक लगायतको टोली गएको उनले बताए ।

Dirghayu Ads

नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप स्थानीयहरुले आरोप लगाएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.