सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा १० हजार मत बदर

दार्चुलामा प्रत्यक्ष र सामानुपातिकतर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा ३१ हजार ५४२ मत खसेकोमा ३० हजार ४०८ मत सदर र एक हजार १३४ मत बदर भएका छन् । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ मा २६ हजार २७२ मत खसेकोमा २५ हजार ५१७ मत सदर र ७५५ मत बदर भएका छन् । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६५ प्रतिशत मत खसेको थियो ।

Sana Kishan

प्रत्यक्षभन्दा समानुपातिक निर्वाचन प्रणालीमा मत बदर बढी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकमा खसेको कुल मत ५८ हजार ९९१ मध्ये ५६ हजार ५२२ मत सदर र दुई हजार ४६९ मत बदर भएको छ । प्रदेशसभा सामानुपातिकतर्फ कुल खसेको ५८ हजार ८६० मतमध्ये ५५ हजार १३५ मत सदर र तीन हजार ७२५ मत बदर भएको छ ।

World Link Ads
Mahakali Polytechnic

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ । निर्वाचन आयोगको उदासीनता र उम्मेदवार तथा राजनीतिक दलहरुले समेत मतदाता शिक्षामा ध्यान नदिएका कारण बदर मतको संख्या बढेको पाइएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.