सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता मङ्सिर २५ गतेदेखि हुने

बैतडी – जिल्लामा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट पालिकाको एक टोली सहभागी गराइनेछ । प्रतियोगितामा विजेताले रु एक लाख २५ हजार र ट्रफी, उपविजेताले रु ७५ हजार र ट्रफी र तेस्रो हुनेले रु ३५ हजार र ट्रफी पाउनेछ ।

Sana Kishan

प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ । सहभागी टोलीलाई मङ्सिर २० गतेभित्र दर्ता गरिसक्न ट्रष्टले आग्रह गरेको छ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.