सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको समृद्धिका लागि काम गर्छु : सांसद दामोदर भण्डारी

बैतडीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले बैतडीको समृद्धिका लागि काम गर्ने बताएका छन् । बैतडीको गोठलापानीमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले आफ्नो बलबुताले भ्याए सम्म बैतडीको समृद्धिमा लाग्ने बताएका हुन् । भर्खरै सम्पन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्र्दै भण्डारी विजयी भएका हुन् ।

विजयी भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक जित हात पारेका हुन् ।

धन्यवाद सभालाई सम्बोधन गर्दै भण्डारीले जिल्लाको चौतर्फी विकासको लागि पहल गर्ने बताए । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि आफ्नो पहल रहने बताउँदै भण्डारीले एमाले सरकार बनेमा पुल निर्माण हुने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै एक अर्को प्रसंगमा बैतडीबाट गठबन्धन खण्डित भएको बताए । उद्देश्य बिनाको गठबन्धन बैतडीका जनताले खण्डित गरेको उनको दाबी छ । उनले भने ‘यो गठबन्धन उद्देश्य बिनाको गठबन्धन हो । कांग्रेसले कांग्रेस र माओवादीले माओवादी भएर आए सहकार्य गर्न तयार रहेको छु । यो गठबन्धनको कुनै औचित्य छैन् ।’

जिल्लाका रहेका सबै राजनीतिक दलहरुसंगको सहकार्यमा आफू अगाडि बढ्ने भण्डारीले बताए । आफ्ना प्रतिस्पर्धी नरेन्द्रबहादुर कुँवर आफ्नो पनि नेता रहेको बताउँदै उनले प्रतिस्पर्धीका भावनका समेत समेटेर अगाडि बढ्ने बताए ।

एमालेले जिल्लाका १० ओटै स्थानीय तहमा पुगेर धन्यवाद सभा गर्ने बताएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.