सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुलामा एकजना मजदुरको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ३ स्थित सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो ।

Sana Kishan

बिहीबार सडकको तलपट्टी जाली भर्ने काम गरिरहेका कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.