
बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् । एमाले उम्मेदवार लिलाधर भट्टलाई पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
विजयी भट्टले १७ हजार १५३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलाधर भट्टले १६ हजार ११६ मत प्राप्त गरे । एमालेका उम्मेदवार भट्ट कांग्रेसका उम्मेदवारसंग ४३७ मतान्तरले पराजित भएका हुन् ।


यो क्षेत्रमा ३७ हजार २८० मत खसेको थियो ।
सगुन खबर बाट
