
बैतडीमा ५२ प्रतिशत मत खसेको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत ५२.१९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिला मतदाताले मतदान गरेका छन् । बैतडीमा यो निर्वाचनका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।


जिल्लाभरी शान्तपूर्ण रुपमा मतदान सम्पन्न भएको र मतपेटिका ढुवानी कार्य शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
बैतडीमा प्रतिनिधि सभाको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । यस्तै दुईओटा प्रदेश सभा क्षेत्र रहेको बैतडीमा (क) क्षेत्रमा ६ जना र (ख) क्षेत्रमा ५ जना चुनावी मैदानमा रहेका छन् ।
यो चुनावमा स्थानीय चुनावको जस्तो उत्साह नभएको पाइएको छ । सगुन खबर बाट सभार
