
निर्वाचनका लागि बैतडीका मतदानस्थल तथा केन्द्रहरुमा बुथ बनाउने काम भईरहेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानका लागि जिल्लाका सबै ठाउँमा बुथ निर्माणको काम धमाधम भईरहेको हो ।
भोलि हुने मतदानका लागि बुथ निर्माणको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानकेन्द्रमा बुथ निर्माणको काम भईरहेको बैतडीका सहायक निर्वाचन अधिकारी तिर्थ राज आचार्यले बताए ।


मतदान केन्द्रमा बुथ बनाउने काम भईरहेको सुर्नया २ मा खटिएका कर्मचारी प्रकाश सिंह महराले जानकारी दिए । सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवकले मतदानकेन्द्रमा बुथ निर्माणको काममा जुटेका उनले बताए ।
मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम भईरहेको छ । जिल्लामा २ सय १० मतदान केन्द्र रहेका छन् । भोलि बिहान ७ बजे देखि मदान सुरु हुने छ । जिल्लाका २ सय १० ओटा मतदान केन्द्रमा १ हजार ६ सय ८४ कर्मचारी खटिएका छन् । सगुन खबर बाट सभार
