
प्रधानमन्त्री शेर बहादुर देउवाले पाटन पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे बन्ने बताएका छन् । बैतडी शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाटन पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे हुने बताएका हुन् ।

स्वराडबासीलाई पञ्चेश्वर योजना अगाडि बढ्ने आश्वासन दिएका उनले धर्मघाटमा पुल, पाटन उग्रतारा मेलौली सडक खण्ड निर्माण, लगायतका बाँकी विकास निर्माणका कार्यहरु अगाडि बढाउने विश्वास दिलाएका छन् । सगुन खबर बाट सभार

