सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै

Far weast coaching ad
90
Sana Kishan

दार्चुला – चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।

चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

Arus
Karnali Traders

भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको उहाँले बताउनु भयो । अहिले सुरक्षा निकायको ध्यान बढी चुनावमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी विष्टले बताउनु भयो ।

४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ । चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ आपराधिक गतिविधि नियन्त्रण गर्न लागि परेको बताइएको छ। जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ। उज्यालो अनलाइन  बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.