Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोटीमा भूकम्पमा परेर ६ जनाको ज्यान गयो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

डोटी – जिल्लामा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

यस्तै वेपत्ता २ जनाको भने सकुसल उद्धार गरीएको उनले बताए। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यता बझाङमा पनि भूकम्पका कारण यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन्। मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिकाका– ५ कि लक्ष्मीदेवी जोशीले बताए। गाउँभरिका मानिस आगो बालेर बाहिर बसेको उनले जानकारी दिए। यहाँ पनि पुराना घरहरू भत्किएको बताइएको छ।

जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महशुस भएको छ। गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डोटी

वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

साउन १५, २०८०
डोटी

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

असार २८, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व