सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाबाट धनगढी जाँदै गरेको जिप बुढीतोलामा दुर्घटना

दार्चुलाबाट धनगढीका लागि छुटेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Sana Kishan

सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अभिशेक ठकुन्ना, ३८ वर्षीय रघुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.