तिम्रो सम्झनामा एउटा तस्वीर छ
त्यसकै वरिपरि मेरो दैनिकी सवार छ
छन त तिम्रो तस्बिर तिमि जस्तै छ!
ठ्याँक्कै तिमि जस्तै! !
मैले हेर्दा त्यसले पनि हेर्छ तरः
एकनासको मुस्कान
एकनासको पहिरन
एकनासको पहिचान
एकनासको फेशन
एकनासको श्रीङ्गार
एकनासको ब्यबहार
अनि एकनासको बिचारले मात्र हेर्छ! !खैर!
मैले भिन्नता रुचाउथे तिमिले पनि खै! !
त्यो अनुपम खयाल
त्यो मन्द मुस्कानसित जोडिएको हासो
त्यो अनन्त मस्ति–मजाक
त्यो मधुर बोलि स्वभाव
त्यो सुन्दर हाउभाउ
त्यो अदभुत मुलाकात
अनि ति रङ्गीन अनुभुतिहरु
अचेल किन चलायमान छैनन?
छन त तिम्रो तस्बिर तिमि जस्तै छ
ठ्याँक्कै तिमि जस्तै!! तर!
मैले बोलाउदा बोल्दैन
मैले हाँस्दा हाँस्दैन
मैले रुदा रुदैन
मैले खादा खादैन
मैले घुम्ने रहर गर्दा घुम्न जादैन
नयाँ लुगा किनौँ भन्दा किन्न भन्दैन
मेरै अगाडी भएपनि कराउदा सुन्दैन
गुड नाइट, गुड मर्निङ भन्दैन
म उबाट टाढा हुँदा अनलाइनमा कुरा गर्दैन
अनि म कसरि भनौँ माया! !
तिमि नै छौ मेरो साथमा भनेर?
अब मलाई बोल्ने तस्बिर पठाउ
तिम्रो याद भुलाउन
तिम्रो अभाव घटाउनर
त्येसमा केहि भावना अनि सम्बेदना भर
अनि त्येसलाइ भनि देउ तिमिले जे जे गर्थ्यो सबै गर
होईन भने माया
एउटा तस्बिर मात्र हुनेछ मेरो खल्तिमा तिम्रो
म हुने छैन तैपनि
एउटा तस्वीर छ तिम्रो सम्झनामा
जुन तिमि जस्तै छ
ठ्याँक्कै तिमि जस्तै तर! !
तिमि नै चाहि होइनौं

भनिन्छ नि माया
“बाउ र बाउ जस्तै हुन भन्नुमा फारक हुन्छ भनेर“
हो माया ठिक त्येस्तै भो तिमि छैनौं
एउटा तस्बिर छ तिम्रो सम्झनामा ! !









Discussion about this post