हिड्दै जादा उकालो आउँछ ओरालो आउँछ
हरेस खानुहुन्न एकदिन सबैको पालो आउँछ
दबाउनु हुदैन पदार्थ होस चाहे विचार नै होस
दबाब बढेपछि ज्वालामुखी, भुइचालो आउँछ
कालो बादलले आकाश ढाके अँध्यारो छोप्छ
मन कलुषताले छोपे कसरी उज्यालो आउँछ
भलाद्मी भन्नेहरूले सबैको भलो सोचेर हिड
कुभलो सोचे आफ्नैलागि भड्खालो आउँछ
भेट्टिनु छुट्टिनु नियती हो, स्वीकार छ मलाई
नदीले पनि छुट्टिनुपर्छ जब भङ्गालो आउँछ









Discussion about this post