
कञ्चनपुर : बैतडीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका -६ स्थित सुर्नया नदीमा डुबेर पाटन-१ जरौलीका ५३ वर्षीय नरबहादुर भट्टराईको मृत्यु भएको हो ।

शुक्रबार बिहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ ।
