सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर ३ क मा स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले पाए डल्फिन चुनाव चिन्ह

71
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ क मा स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले डल्फिन चुनाव चिन्ह पाएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशी प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् ।

काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवार भएका उनीसित उम्मेदवारी फिर्ताका लागि अन्तिमसम्म आग्रह गरिएको थियो । उम्मेदवारी फिर्ताका आग्रहलाई अस्वीकार गरेका उनलाई निर्वाचन आयोगले डल्फिन चुनाव चिन्ह दिएको हो ।

Arus
Karnali Traders

‘यो सुदूरपश्चिमका कर्णाली सहितका केही नदीहरुमा मात्रै पाइन्छ, यसको संरक्षण गर्न आवश्यक छ, यो लोपोन्मुख प्रजातिको हो’ उनले भने,‘मैले यो चिन्ह पाउनु एकदमै सुखद हो, मतदाताबाट मैले पनि डल्फिनझैं संरक्षण पाउनेमा विश्वस्त छु ।’

दुई दशकदेखि उद्यम व्यवसायमा सक्रिय जोशी निजी क्षेत्रको प्रतिनिधित्व गरी प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । अन्य दलसितको चुनावी तालमेका कारण प्रदेश सभामा काँग्रेस र एमालेका उम्मेदवार छैन् । ठूला दलका उम्मेदवार नभएपछि उनी चुनाव जित्ने जित्नेमा आशावादी देखिएका छन् । बिकल्प दैनिक

फाइल फोटो
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.