
कञ्चनपुर : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-५ का लालबहादुर थापाको मृत्यु भएको हो

। उक्त वडाको लेकमा खर्कमा बसेको बेला अन्दाजी ५१ वर्षीय थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए । उनको हिजो दिउँसो चट्याङ लागेर मृत्यु भएको र लेकमा भएकोले आज मात्रै थाहा भएको वडाध्यक्ष थापाले बताए ।
