
बैतडी-बैतडीमा बागी उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेस नेता केशव बहादुर चन्द र हरिमोहन भण्डारीले उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका चन्द र भण्डारीले उम्मेदवारी फिर्ता नलिएका हुन् ।
आज दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समयम भएपनि उनिहरुले उम्मेदवारी फिर्ता नलिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चन्दले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए भने भण्डारीले प्रदेश क्षेत्र नं ९क०बाट उम्मेदवारी दर्ता गरेका थिए ।


नेपाली काँग्रेसले एक विज्ञप्तीनै निकालेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि उनिहरुले फिर्ता नलिएका हुन् । टिकट नमिल्दा असन्तुष्ट बनेका दुवै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए । सगुन खबर
