
कञ्चनपुर : कैलालीको गोदावरी नगरपालिका-१ भरतपुरस्थित उग्रतारा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान डोटीको दिपायल सिलगढी नगरपालिका(४ पिपल्लाका ३६ वर्षीय छत्र शाहीको मृत्यु भएको प्रहरीले बताएको हो ।

प्रहरीका अनुसार यही असोज २२ गतेदेखि उक्त सुधार केन्द्रमा रहेका उनी आज बिहान एक्कासी बिरामी हुँदा सेती प्रादेशिक अस्पताल लगिएको थियो । बिहान ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
