सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डा.भीम रावलले एमाले नछाड्ने

60
Sana Kishan

नेकपा एमालेका नेता भीम रावलले आफूले एमाले नछाड्ने बताएका छन्। उनले हिजो ९आइतबार० आफू निकट अछामका नेताहरुसँग संवाद गर्दै यस्तो बताएका हुन्।
अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका रावल टिकट नपाएपछि गुपचुप बसिरहेका छन्। यसअघि रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा समेत बुझाएका थिए। उनीहरूमध्ये केही सिनियर नेताहरूसँग रावलले टेलिफोनमार्फत आफ्नो कुरा पत्रकार सम्मेलन गरेर राख्ने बताएका छन्।
रावलले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने या पार्टी छोड्ने हल्ला चलेका थिए। तर, हल्लाकै बीच उनले पार्टी छोड्ने कुरे नरहेको बताए। राववले एक दुई दिनमै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने बताइएको छ।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रावललाई केन्द्रले टिकट खोसेर अछाममा अर्का नेता झपट बोहरालाई टिकट दिएको छ। दिनेश खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.