सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा यात्रु सहायता कक्षबाट ३ हजार बढीले लिए सेवा

38
Sana Kishan

कञ्चनपुर : बैतडीमा यात्रु सहायता कक्षबाट तीन हजार बढीले सेव लिएका छन् । जिल्लामा चाडपर्वलाई लक्षित गरी स्थापना गरिएका यात्रु सहायता कक्षबाट दसैँको अवधिमा ३ हजार बढीले सेवा लिएका हुन् ।

असोज पहिलो सातादेखि १९ गतेसम्म ३ हजार ११९ जनाले सेवा लिएको बताइएको छ । दसैँका बेला यात्रुहरुलाई गन्त्व्यमा पुग्न सहज होस् भनी जिल्लाका सात ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट सेवा दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Arus
Karnali Traders

प्रहरीका अनुसार गोठलापानीको यात्रु यहायता कक्षबाट ७७५ जना, झुलाघाटबाट १ हजार २८७ जना, सतबाँझबाट १८० जना, पाटनबाट ११५ जना, खोचलेकबाट १६० जना, गोकुलेश्वरबाट ४०२ र खोड्पेबाट २ सय जनाले सेवा लिएका छन् । यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिइरहेका छन् ।

यात्रु सहायता कक्षबाट छठ पर्वसम्म सेवा दिइने जनाइएको छ । यात्राका क्रममा कुनै समस्या परे नजिकका सहायता कक्षमा सम्पर्क राख्न भनिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.