Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चाडपर्वमा महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १९, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् । यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् ।

अर्को थरी औषधि सेवनपछि हुने बेफाइदाबारे ज्ञान नभएर सेवन गर्ने गरेको डा। अधिकारी बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढी मात्रामा महिनावारी सार्ने औषधि खाइरहेका छन् । हरेक महिना २८ देखि ३९ दिनको बीचमा हुने प्राकृतिक चक्र महिनावारी सुरु हुन्छ । यसलाई चाहेर पनि रोक्न सकिदैन । तर पूजा, चाडपर्वको बेला यो टाउको दुखाइको विषय बन्छ । फलस्वरुप यसलाई रोक्न महिनावारी सार्न प्रयोग गर्ने औषधि हर्मोन चक्की सेवन गर्छन् । जसको कारण हर्मोन परिवर्तनले तत्कालका लागि महिनावारी सर्छ ।

स्वास्थ्यमा गम्भीर असर

महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ । यस्तोबेला औषधिका रुपमा परिवार नियोजनको साधन पिल्स लगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्छ । तात्काल महिनावारी रोकिएपनि पछि रक्तस्राव बढी हुन सक्छ ।

पछि यसको असर देखिन्छ । जसमा वाकवाक लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने, उच्च रक्तचाप, मोटोपन, रगत बाक्लो, तौल बढ्ने, स्तन दुख्ने, महिनावारी हुँदा पेट दुख्ने, डाक्टरको सल्लाहबिना धेरै पटक महिनावारी रोक्ने औषधि सेवन गरेमा भविष्यमा पाठेघरको क्यान्सरको जोखिमसमेत हुन्छ ।

खास गरी मुटुका बिरामी, बढी वजन भएका, विगतमा स्ट्रोक भएकालाई हर्मोनको औषधि सेवन हुँदैन । जथाभाबी औषधि सेवन गर्दा यदि गर्भ छ भने पेटमा रहेको बच्चालाई असर गर्छ । औषधि सेवनका समयमा गर्भ रहेमा बच्चालाई असर गर्ने हुने डरले गर्भपतन गराउने योजना बनाउँदा यसले झनै खतरा निम्त्याउँछ ।

महिनावारी गडबड भएपछि त्रास

महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ ।

महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी सार्नका लागि खाने औषधि कति मात्रामा खाने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, यो औषधिको असर के हुन्छ, औषधि सेवन गर्न हुन्छ कि हुँदैन रु यसबारे गम्भीर भएर ख्याल गर्नुपर्ने डा। अधिकारी बताउँछन् ।

नखाऔँ महिनावारी सार्ने औषधि

खास गरी महिनावारी सार्ने औषधि ठुला पर्व दसैँ, तिहारमा बढी खपत हुन्छ । यस्तै, लामो समयसम्म गरिने पूजाहरूमा पनि धेरैले यो औषधिको सेवन गर्छन् । प्राकृतिक चक्रलाई जबरजस्ती रोक्न खोज्दा भविष्यमा स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने भएकाले चक्र सर्ने औषधि सेवन गर्नु हुँदैन । अझ चिकित्सकको सल्लाहबिना जथाभाबी औषधि सेवन गर्दा झन् हानिकारक हुन सक्छ ।

नडराऔँ महिनावारीसँग

त्यसो त महिनावारी पछि सर्ने औषधि नेपालमा मात्र नभई भारत, चीन, श्रीलङ्कालगायतका देशमा औषधि सेवन गरेर महिनावारी पर सार्ने गरेको पाइन्छ । मर्यादित महिनावारीबारे समुदायमा जानकारी नहुँदा आफैलाई हानी गर्ने औषधि सेवन गरेको पाइन्छ । महिनावारी रोक्ने औषधिले तुरुन्तै समस्या नदेखिए पनि यसले दीर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउने डा।अधिकारी बताउँछन् । रातोपाटीबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व