सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोकालाई जसरी यो अनाज प्यारो लाग्छ। धर्मानन्द भट्ट

भोकालाई जसरी यो अनाज प्यारो लाग्छ
त्यसरी महाराजलाई युवराज प्यारो लाग्छ
कुमारले कर्म गरे तर गणेशजी विजयी भए
सायद शिवलाई चाकडी बाज प्यारो लाग्छ
काम गर्दा दु:ख हुन्छ प्राय: चाहदैन मान्छे
खान पाइयोस काम न काज प्यारो लाग्छ
World Link Ads
Mahakali Polytechnic
Sana Kishan
पुजीवादको चाहनाले समाजवाद भेट्टिदैन
त्यहीँ भएर हो सम्पत्ति आज प्यारो लाग्छ
सत्ता मोहको सामु आदर्शहरू शुलीमा चढे
तिमीलाई चढेको शीरमा ताज प्यारो लाग्छ

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.