
सोच्दथे यस्तै हुन्छ जीवन बुलन्द लाग्दछ
थाहा थिएन पछि आएर निष्पन्द लाग्दछ
यस्तो भासमा आएर अल्झियो जिन्दगी
चारैतिर हेर्दा बाटोहरू बन्द बन्द लाग्दछ


गन्तव्य कति टाढा छ थाहा छैन सायद
उसको हिडाइ मलाई मन्द मन्द लाग्दछ
कस्तो जिन्दगी पायौ वाह! लाग्छ मलाई
तिमीलाई सम्झिदा अर्कै आनन्द लाग्दछ
