
सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पु¥याउँदै आएको छ । यो वर्ष मात्रै पनि बाढी र पहिरोमा जनधनको क्षति भएको छ । भदौ अन्तिम साता बाढी पहिरोका कारण ती दुई पालिकामा जनधनको क्षति भएको छ ।


सगुन खबर बाट सभार
