
त्यहीँ दिन मलाई खासमाथि शंका लाग्यो
अनि घाम पानी बतासमाथि शंका लाग्यो
राम्ररी नियालेर हेरे तिम्रा सारा गतिविधि
अब त मलाई मधुमासमाथि शंका लाग्यो


प्रेममा कुनै शंका गर्दिन त्यो स्वार्थी हुन्छ
मलाई गरेको उपहासमाथि शंका लाग्यो
तिमी बदलिएको कुनै गुनासो छैन मलाई
मलाई आफ्नो विश्वासमाथि शंका लाग्यो
कतै आत्तियौ कतै मात्तियौ कोइ बात छैन
तिम्रो अन्तिम उच्छ्वासमाथि शंका लाग्यो
