सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने

डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता हुने बताइएको छ ।

Sana Kishan

बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ । प्रतियोगितामा आठ टिमले भाग लिनेछन् । कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, भैरवप्रसाद गण र उद्योग वाणिज्य संघको टिम सहभागी हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टीमलाई १ लाख र उपविजेता टीमलाई ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडीहरुको खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.