सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पीपीएल टी–२० खुला क्रिकेट प्रतियोगिता

Far weast coaching ad
114
Sana Kishan

बैतडीको पाटनमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गरे।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए।

Arus

पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध पार्दै ग्वाल्लेक क्रिकेट क्लबले विजयी शुरुआत गरेको छ।

Karnali Traders

२४ टोली सहभागी प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। उपविजेता टोलीले ५५ हजार ५५५ नगद र सहित प्रमाणपत्र हात पार्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरूप ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। वेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो। यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबको सहकार्य रहेको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.