सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा डेंगु रोगका लार्भा नष्ट गर्ने अभियान सञ्चालन

कञ्चनपुर, भोजराज पन्त

Far weast coaching ad
89
Sana Kishan

कञ्चनपुर,
कञ्चनपुरको वेदकोट नगरपालिकाको स्वस्थ्य शाखाले आज डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चानगरेको छ । केही साता देखी देश व्यापी रुपमा फैलीदैआएको डेंगु रोगको प्रवाह रोक्न यो जनचेतना मुलक अभियान सुरुगरेको हो । नगरपालिकामा रहेका १० वटै वडाहरुमा शुक्रवार वाट सुरु गरेको हो । यो अभियान हरेको वडाको सवै टोलटोलमा सञ्चाल गरीने भएको छ । यसै गरी वेदकोट नगरपालिकाका वडा नं. १० मा पनि जनचेतना मुलक कार्यक्रम गरेका् छ । आज पहिलो दिन वडा नं. १० मा रहेको सिसैया चोकवाट दैजी वजार सम्मका सवै पसल, घर, ग्यारेजमा गएर पानि जम्न नदिन र जमेकोको पानिलाई फाल्न सवै जनमानसमा सचेतना अभियान सुरु गरेको हरपाल आधारभुत स्वस्थ्य केन्द्रका प्रमुख लोगराज वोहराले जानकारी दिनुभयो । उनले भने अव सवै टोल टोलमा गएर लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान नियमित रुपमा सञ्चालन गरिने छ । हाल डेंगु रोग लागेका व्यक्तिहरु वेदकोट नगरपालीका को वडा नं. ५ र वडा नं. ३ मा समेत देखा परेकाले सवैमा सचेत रहन आग्रह गर्नु भएको । यदी कसैलाई लामो समय सम्म ज्वोरो आएको छ भने ढिला नगरी नजिकको स्वस्थ्य केन्द्रमा गइ डेंगु भए नभएको परिक्षण गरेर औषधि सेवन गर्नु पर्ने स्वस्थ्य केन्द्रका प्रमुख वोहराले जानकारी दिनुभयो ।                                                               

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.