सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा जिप दुर्घटना : घाइते ४ जना मध्ये ३ जना धनगढी रेफर

Far weast coaching ad
266
Sana Kishan

दार्चुलामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । नौगाड गाउँपालिका ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटनामा परेको हो । होपरीदेखि सिप्टी जाँदै गरेको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता जगत मगरले बताए ।

जिप दुर्घटनामा परी घाइते भएका ४ जना मध्ये ३ जनालाई धनगढी रेफर गरिएको छ भने एक जनाको गोकुलेश्वर अस्पातलमा उपचार भइरहेको छ ।

Arus
Karnali Traders

दुर्घटनामा परी घाइते भएका नौगाड ४ होपरीका जिप चालक धनबहादुर धामी, सोही ठाउँका कमलेश टमटा र धनबीर ठगुन्नालाई धनगढी रेफर गरिएको छ । यस्तै नौगाड ४ का सुुरेश ठगुन्नाको भने गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची सडकमा बर्षातले सडक हिलाम्य भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.